शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला तर्फको फाइनलमा एपिएफ र पुलिस भिड्ने

महिला तर्फको फाइनलमा एपिएफ र पुलिस भिड्ने


  • विजय नेपाली
  • माघ ३० २०७७, शुक्रबार

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा विभागीय क्लब एपिएफ र पुलिस भिड्ने भएका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलको फाइनल प्रवेशका लागि भएको अन्तिम खेलमा न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो ।
शुक्रवार भएको खेलमा एपिएफले डायमण्डलाई २५–२१,२५–२१ र २५–२३ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।
राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा एपिएप र डायमण्डको बराबरी अंक रहेपनि डायमण्डलाई जितेकै आधारमा फाइनल प्रवेश गरेको हो । पुलिस भने डायमन्डको हारसंगै पुलिस शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । पुलिस ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने आर्मी ३ खेलबाट २ अंकका साथ पुछारमा रहँदै यस अघि बाहिरीएको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->