पोखरा, ३० माघ–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङले पोखरामा प्रथम एमेचर फुटसल प्रतियोगिता गर्ने भएका छन् । आगामी फागुन ७ र ८ गते गणेशटोलमा रहेको स्पोट्र्स क्यासलमा प्रतियोगिता हुन लागेको गुरुङले जानकारी दिए । कोरोना महामारीको कारण विगत एक वर्ष देखि खेलकुद गतिविधि बन्द हुदाँ नयाँ खेलाडीहरुमा निकै समस्या परेकाले प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिताको विजेताले नगद ४० हजार तथा उपविजेताले २० हजार रुपैँयाका साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न २ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा ए डिभिजन, बि डिभिजन र सि डिभिजन खेलेका खेलाडीले सहभागिता जनाउन नपाउने गुरुङले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुरस्कार तारा एफसीका अध्यक्ष सुवास गुरुङ र द्धितीय पुरस्कार मालेपाटनका बुद्ध गुरुङले (हाल हङकङ) प्रायोजन गरेका छन । प्रतियोगितामा सहभागि हुनका लागि टिम दर्ता शुल्क ४ हजार रहेको छ ।




