शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन, दौडदै पोखरा

आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन, दौडदै पोखरा


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १ २०७७, शनिबार
फाईल तस्विर

पोखरा, १ फागुन– आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनमा १६५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने म्याराथनमा चार देशका धावकले प्रतिस्पर्धा गर्ने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा दौडिनेछन् । विदेशी खेलाडी भए पनि उनीहरु नेपालमै बस्दै आएको अध्यक्ष गुरुङले बताए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराकासाथ हुने आयोजित म्याराथनमा यो वर्ष ४२.१९५ किलोमिटर म्याराथन र महिला २१ किलोमिटरको हाफ म्याराथन हुनेछ । प्रतियोगितामा नेपालका १३ जिलाका खेलाडीहरु दौडिने छन्। बागलुङ, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, कालिकोट, रुपन्देही, दाङ, पाल्पा, स्याङ्जा, धनकुटा र ताप्लेजुङ, विभागीय नेपाल प्रहरी र नेपाली सेनाका धावकहरुले पनि स्पर्धामा भाग लिँदैछन् ।
महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुले दौडिनका लागि नाम दर्ता गराएका छन । महिला हाफ म्याराथनका लागि गोरखा, जुम्ला, कास्की, प्यूठान, दार्चुला, बागलुङ तथा विभागीय नेपाली सेना र नेपाल प्रहरीका धावकहरुले नाम दर्ता गराएको आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->