शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस मनाउँदै

नेकपा प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस मनाउँदै


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १ २०७७, शनिबार

काठमाण्डौ, १ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् ।तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज जनयुद्ध दिवस मनाउन लागिएको हो ।

सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम आज बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->