शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सफल पोखरा म्याराथनमा आर्मीको दबदबा, उपाधी राजनलाई

सफल पोखरा म्याराथनमा आर्मीको दबदबा, उपाधी राजनलाई


  • बिजय नेपाली
  • फाल्गुन २ २०७७, आइतबार

पोखरा, २ फागुन– १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा त्रिभुवन आर्मीले दबदबा कायम गरेका छन् । पोखरामा आयोजित म्याराथमा त्रिभुवन आर्मी क्लबका राजन रोकायाले उपाधी चुमेका छन् । त्यसतै द्धितीय र तृतीय समेत आर्मीले नै हात पारेका छन् । महिला हाफ म्याराथनको उपाधी भने नेपाल प्रहरीकी राजपुरा पछाईले जितेकी छिन् ।
शनिबार बिहान पोखरामा सम्पन्न म्याराथनमा नेपाली सेनाका खेलाडीहरूको वर्चस्व रहयो । निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै राजन च्याम्पीयन बन्न सफल भए । जितसंगै उनले दुई लाख रुपैँयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४७ सेकेन्डमा दुरी पार गर्दै एक लाख रुपैँयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा दुई घण्टा ५४ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै आर्मीकै देवराज बस्नेत तेस्रो हुन पुगे । उनले ७५ हजार रुपैँयाका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । पाँचथरका प्रताप तामसुहाङ चौथो भए । उनले नगद २५ हजार रुपैँया प्राप्त गरे ।
पोखरा रंगशालामाबाट सुरु भएको म्याराथन थोरपाटन, बिरौटा, लेकसाइड, जिरो किलोमिटर, सभागृह,न्युरोड, बाग्लुङ हाइवे, सिम्पानी,केआई सिंह पुल, फुलबारी,राम बजार हुदै पुन रङगशालामा पुगि टुङ्गिएको थियो ।
यस्तै महिला हाफ म्याराथन पहिलो पटक समावेश गरिएको हो महिला हाफ म्याराथन २१ किलोमिटर एक घण्टा २७ मिनेट ०८ सेकेण्डमा पूरा गर्दै राजपुराले उपाधि जितेकी थिइन् । जुम्लाकी राम माया बुढा दोस्रो भईन । उनले एक घण्टा ३० मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी तय गरिन । एपिएफकी बृन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट १३ सेकेन्डमा दुरी पार गरिन् । नेपाल प्रहरीकी रेखा बिष्टले रेखाले एक घण्टा ३६ मिनेट १४ सेकेण्डमा दुरी पुरा गरिन् ।
हाफ म्याराथनकी विजेता राजपुराले उपाधिसँगै एक लाख प्राप्त गरिन । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमश ः ७५ हजार, ५० हजार र १५ हजार हात पारे। भुतपुर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा पुरूषतर्फ २ सय ९ र महिलातर्फ २९ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष कोभिडको कारण विदेशी धावक कम भएपनि आगामी वर्ष भने प्रदेशले नै सहकार्य गरेर वास्तविक अन्तराष्ट्रिय स्तरकै प्रतियोगिता बनाउने बताए । उनले खेलकुदले देशको संवृद्धि हुने हुदाँ खेलकुदमा लगानीको आवस्यक रहेको बताउँदै गण्डकी प्रदेशलाई खेल पर्यटनको क्षेत्रको रुपमा निमार्ण गरिने जानकारी दिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->