बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सरकारका तीन बर्ष : गफ बढी, सर्भिस डेलिभरीमा पछाडि

गण्डकी सरकारका तीन बर्ष : गफ बढी, सर्भिस डेलिभरीमा पछाडि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७७, मंगलबार

ढोरपाटन सहकर्मीले मणीभद्र शर्मा कँडेलसँग गरेको छोटो संवाद :

गण्डकी प्रदेश सरकारको तीन बर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?
तीन बर्षको समय यो सरकारले गफ गरेर बितायो । काम गरेन । जुन उद्देश्यले प्रदेश सरकार गठन भएको थियो, त्यो अनुभूति जनताले गर्न पाएका छैनन् । नत संसद, नत मन्त्रीपरिषद, नत अन्य बिषयमा संघियताको मर्म अनुसारका क्रियाकलाप भए । बरु सरकारमा रहेकाले आफ्नो स्वार्थ पुरा गर्ने, जागिर पचाउने जस्ता काम मात्रै गरे ।

यो सरकारले के गर्नु पथ्र्यो, के गर्न सकेन ?
यो सरकारले पहिलो काम प्रदेश सरकारको औचित्य पुष्टी गर्नु पथ्र्यो । त्यसका लागि प्रदेशका आफ्ना कार्यक्रम संचालन गरेर देखाउनु पर्ने हो, गर्न सकेन । केन्द्रले पनि समयमा पैसा दिएन । आन्तरिक श्रोत परिचालन गर्न पनि नसकेकै हो । संघियता किन चाहिएको थियो भन्ने कुरा यो सरकारले दिन नसकेपछि जनताले अनुभूति गर्न पाएनन् । सर्भिस डेलिभरी अहिले पनि केन्द्रको जस्तै ढीला छ । प्रदेशको बजेटबाट भएका कामहरु गुणस्तरहिन भएको टिकाटिप्पणी भैरहन्छ । दाइ सरकारले दिन चाहेन, भाइ सरकारले समयमा माग्न सकेन । त्यसको असर जनतामा परेको छ ।

त्यसो भए प्रतिपक्षको भूमिका के भयो त ? जसले सरकारलाई उत्तरदायी बनाओस् ।
हामीले धेरै सुझाव दियौं । लिखित र मौखिक रुपमा दिएका सुझावलाई मुख्यमन्त्री र सरकारले वास्ता गरेनन् । नयाँ संरचना भएकोले सहयोग गर्नुपर्छ भनेर असहयोग भन्ने शब्द निकालेनौं । तर सरकारले रिजल्ट देखाउन सकेन ।
समयमा नियम कानून बनाउन सकेन । लोकसेवा कानून बनेपनि गठन र कार्यान्वयन भएन । मन्त्रालयहरु पार्टीका भर्ती केन्द्र मात्रै भएका छन् । जतापनि बेथिती मात्रै छ । संघियतामा केन्द्रको अधिकार प्रदेशमा आउनुपर्नेमा आउन सकेन । केपी ओली नेतृत्वको सरकारमा मुख जुधाएर आवश्यकता बारे बोल्न नसक्दापनि यो हविगत भयो । पहिलो ६ महिनासम्म कडा शब्द बोलेर केही गर्लान् झै गरेका मुख्यमन्त्री अहिलेसम्म आइपुग्दा चुपचाप भैसके ।

गण्डकी प्रदेशमा गर्व गर्नलायक कामै भएनन् त ?
केही पनि छैन । सबैभन्दा बढी संभावना भएको प्रदेशमा काम भन्दा भाषण बढी भयो । भैरहेका महत्वपूर्ण क्षेत्र पनि ओझेलमा पर्न थालेका छन् । आसेपासेलाई जागिर खुवाउने लक्ष मात्रै भएपछि काम देखिनु भन्दा बिग्रने भत्कने बढी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->