बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जेष्ठ नागरिकलाई कोरोना खोप फागुन २३ गतेदेखि

जेष्ठ नागरिकलाई कोरोना खोप फागुन २३ गतेदेखि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७७, बुधबार

काठमाडौं, ५ फागुन– सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको गौतमले बताए। ‘यी सबैमा केही जटिल समस्या देखिएको छैन,’ उनले भने, ‘खोप सुरक्षित रहेकाले नहिच्किचाइ खोप लगाउन अनुरोध गर्दछौँ।’
उनका अनुसार प्रदेश १ मा ७२ प्रतिशत, प्रदेश २ मा ८४ प्रतिशत, बागमती प्रदेशमा ८४ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, कर्णाली प्रदेशमा ७२ र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले खोप लगाएका छन् ।
माघ १४ गतेदेखि पत्रकार, स्वास्थ्यकर्मी, भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाएका थिए । भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयोग भइरहेको छ। सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->