शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री कप: एकै दिन ८ खेल भए

मुख्यमन्त्री कप: एकै दिन ८ खेल भए


  • विजय नेपाली
  • फाल्गुन ५ २०७७, बुधबार

पोखरा, ५ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी गण्डकी प्रदेश स्तरीय प्रथम मुख्य मन्त्री कप भलिबल प्रतियोगितामा बुधवार ८ खेल सम्पन्न भएका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगिताको पुरुष तर्फको खेलमा वाग्लुङ म्याग्दीसंग २–१ को हार व्यहोरेको छ । म्याग्दीले वाग्लुङलाई २५–२१,१७–२५ र २५–१७ को सेटमा हराएको हो । यस्तै वाग्लुङले अर्को खेलमा लम्जुङलाई २–१ कै सेटमा हराएको छ । वाग्लुङले २५–१५,२४–२६ र २५–१५ को सेटले जित हात पारेको हो । उता तनँहुलाई २–१ को सेटमा हराएको पर्वतले मुस्ताङलाई भने २–० को सोझो सेटमा हराएको थियो । तनँहुलाई २४–२६,२५–१७ र २५–१६ ले हराउँदा मुस्ताङलाई २५–९ र २५–१३ ले हराएको हो ।
म्याग्दी भने पहिलो खेलमा वाग्लुङसंग हार व्यहोर्दा दोस्रो खेलमा लम्जुलाई भने २–० को सेटमा हराउन सफल रह्यो । म्याग्दीले २५–१३ र २५–१४ को जित निकालेको हो ।
महिला तर्फको खेलमा वाग्लुङले लम्जङलाई २–० को सोझो सेटमा हराएको छ । वाग्लुङले लम्जुङलाई २८–२६ र २५–६ ले हराएको हो । अन्तिम खेलमा तनँहुले वाग्लुङलाई २–१ को सेटमा हरायो । तनँहुले २०–२५,२५–१० र २५–१८ को सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । यस्तै अर्को खेलमा भने कास्कीले मुस्ताङलाई २–० को सोझो सेटमा हराएको हो । प्रतियोगिताकै निकै कम्जोर टिम मुस्ताङलाई २५–११ र २५–७ को फराकिलो सेटमा हराउन सफल रह्यो ।
तस्वीर: विजय नेपाली/ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->