शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मालिका सेवा समाजले पायो पूर्णता

मालिका सेवा समाजले पायो पूर्णता


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

बागलुङ, ६ फागुन– मालिका सेवा समाज पोर्चुगलले पूर्णता पाएको छ । पहिलो अधिबेशनबाट निर्वाचित कार्यसमितिले रिक्त रहेका सबै पदहरुमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो ।

कामको शिलशिलामा बागलुङको मालिकाबाट पोर्चुगल पुगेका युवाले समाज गठन गरेका हुन् । पहिलो अधिबेशनले दिपक सापकोटाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा राजु सापकोटा, सचीवमा बिदुर सापकोटा, सह–सचीवमा अर्जुन रेग्मी, कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा, सह–कोषाध्यक्षमा गुप्त बहादुर खड्का रहेका छन् ।

सदस्यहरुमा रंजिता पौडेल रेग्मी, टिकाराम सापकोटा, खिम बहादुर क्षेत्री, सागर सापकोटा र कृष्ण सापकोटा छन् । पहिलो बैठकले सदस्यहरु बिजय सापकोटा र कृष्ण रेग्मीलाई मनोनीत गर्दै कार्यसमिति पुर्ण गरेको हो समितिले दिपक रेग्मी, दिपक कुँवर, लालप्रसाद सापकोटा र जितेन्द्र सापकोटा लाइ सल्लाहकारमा चयन गरेको छ । संस्थाका अध्यक्ष सापकोटाले कार्यभार समाल्दै मालिकामा पचास हजार रुपैयाँको बाल शैक्षिक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मालिकाका मिर्गौला पीडित बिरामी सन्तोष किसानको उपचारका लागि १ लाख २७ हजार ४ सय ७०रुपैयाँ सहयोग गरेको छ । लडेर घाइते भएका प्रेमबहादुर सार्कीलाई आपतकालीन राहत स्वरुप ५ हजार सहयोग गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->