शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्य मन्त्री कप भलिब ः क्वारटफाइनल खेल सम्पन्न

मुख्य मन्त्री कप भलिब ः क्वारटफाइनल खेल सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

पोखरा,६ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी प्रथम मुख्य मन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।
बिहिवार सम्पन्न क्वाटरफाइनल खेल महिला तर्फ म्याग्दीले स्याङ्जालाई २५–५ र २८–२६ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । यस्तै तनहुँले मुस्ताङलाई २५–७ र २५–९ ले हराएको हो । यस्तै तेस्रो खेलमा पर्वतले नवलपुरलाई २५–८ र २५–५ ले हराएको हो । महिला तर्फको अन्तिम क्वाटफाइनल खेलमा कास्कीले वाग्लुङलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । कास्कीले वाग्लुङलाई १९–२५, २५–२३ र २५–१८ को सेटमा हराएको हो । यस्तै पुरुष तर्फ भने स्याङजाले वाग्लुङलाई २५–२० र २७–२५, म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ र तनहुँले नवलपुरलाई २५–१८ र २५–२० ले हराउँदै समिफाइनलको यात्रा तय गरेको हो । पर्वत यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
शुक्रवार महिला तर्फ पहिलो सेमिफाइनल खेल पर्वत र कास्की तथा दोस्रो सेमिफाइनल खेल म्याग्दी र तनँहु बिच हुनेछ भने पुरुष तर्फको पहिलो सेमिफाइनल खेल स्याङजा र पर्वत तथा म्याग्दी र तनहुँ बिच हुनेछ । प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->