शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री कप महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुष तर्फ स्याङ्जा र तनहुँ भिड्दै

मुख्यमन्त्री कप महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुष तर्फ स्याङ्जा र तनहुँ भिड्दै


  • विजय नेपाली
  • फाल्गुन ७ २०७७, शुक्रबार

पोखरा,७ फागुन– पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने भएका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । म्याग्दीले तनहुँलाई २५–११,२५–१९ र २५–१३ को फाराकिलो सेटले हराएको हो । दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई ३–० कै सोझो सेटमा हराउँदै फाइनलमा म्याग्दीसंगको भेट पक्का गरेको छ । पर्वतले २५–१५, २५–२३ र २५–१२ को सेटले कास्कीलाई हराउँदै उपाधी नजिक पुगेको हो ।
पुरुष तर्फको सेमिफाइनल खेलमा स्याङ्जाले ३–१ को सेटले पर्वतलाई हराउँदै फाइनल प्रवेश गरेको छ । निकै रोमाञ्चक बनेको खेलमा बारम्बार अग्रता लिएको पर्वले फिनिसिङ गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । पहिलो सेट स्याङ्जाले २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट समेत २५–१७ ले आफ्नो पक्षमा पा¥यो । २–० सेटको स्थितिमा पुगेको पर्वतले तेस्रो सेटमा सुरुवात देखिनै अग्रता लिएको थियो । पर्वतले तेस्रो सेट भने २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । उस्तै चौथो सेटमा समेत सुरुवाती अग्रता लिएको पर्वत अन्तमा म्याग्दीसंग २५–१७ ले हार व्यहोर्न बाध्य भएको हो । जितसंगै स्याङ्जा पुरुषतर्फ फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो । यस्तै अन्तन्तै प्रतिस्पर्धात्मक पुरुष तर्फको अन्तिम सेमिफाइनल खेलमा तनहुँले म्याग्दीलाई ३–१ को सेटले हराउँदै फाइनलमा स्याङ्जासंगको भेट पक्का गरेको छ । पहिलो सेट गुमाएको तनहुँले दोस्रो सेटमा कम्ब्याक गर्दै लगातार तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सफल भएको हो । निकै उत्कृष्ट खेलको पहिलो सेटमा म्याग्दीले २५–२१ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न भने सकेन । १–० ले पछि परेको तनहुँले भने निकै उत्कृष्ट प्रदर्शन ग¥यो । अत्यन्तै प्रतिस्पर्धामा गएको दास्रो सेटमा तनहुँले ३२–३० ले आफ्नो पक्षमा पा¥यो । एक समय २०–२० को स्थितिमा खेल पुगेको थियो । तनहुँले पुनः खेलमा फर्कदै २४–२२ को स्थितिमा पु¥याएको थियो । लगत्तै म्याग्दीले खेलमा लय समात्दै २५–२५ को बराबरीमा पु¥याएको थियो । लगत्तै खेल ३०–३० को बराबरीमा पुगेको थियो । तनहुँका अशोक श्रेष्ठले लगातार गरेको सर्भिसमा म्याग्दीले अंक ल्याउन नसक्दा जित हातबाट फुत्केको थियो । तेस्रो सेटमा भने तनहुँले २५–१४ को सहज जित हात पारेको थियो । २–१ को स्थितिमा खेलेको तनहुँले चैथो सेट २५–२० अंकले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->