शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री कप भलिबलको उपाधी महिला तर्फ म्याग्दी र पुरुष तर्फको तनहुँलाई

मुख्यमन्त्री कप भलिबलको उपाधी महिला तर्फ म्याग्दी र पुरुष तर्फको तनहुँलाई


  • विजय नेपाली
  • फाल्गुन ८ २०७७, शनिबार

पोखरा, ८ फागुन–पोखरामा जारी मुख्य मन्त्री कप भलिबल प्रतियोगिताको महिला तर्फको उपाधी म्याग्दीले चुम्दा पुरुष तर्फ उपाधी भने तनहुँले चुमेको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न महिला तर्फको पहिलो फाइनल खेलमा म्याग्दीले पर्वतलाई हराउँदै उपाधी चुमेको हो ।
म्याग्दीले ३–० को सोझो सेटमा पर्वतलाई हराउँदै उपाधी हात पारेको हो । पुरुष तर्फको फाइनल खेलमा भने तनहुँले ३–२ को प्रतिस्पर्धात्मक सेटले स्याङ्जालाई हराउँदै उपाधी उचालेको हो ।
उपाधी चुमेका म्याग्दी र तनहुँले समान २÷२ लाख रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेतामा चित्त बुझाएका पर्वत र म्याग्दीले समान १–१ लाख रुपैँयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । तेस्रो स्थानमा महिला तर्फ तनहुँ र पुरुष तर्फ पर्वतले चित्त बुझाउँदै समान ५०–५० हजार रुपैँयामाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
म्याग्दीले पर्वतमाथि सहजै जित निकाल्दै च्याम्पीयन बनेको हो । म्याग्दीले २५–१४, २५–१४ र २५–१७ को सोझो सेटमा हराउँदै उपाधी आफ्नो नाममा गरेको हो । तेस्रो स्थानको लागि शनिबारनै भएको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले जित आफ्नो पक्षमा पा¥यो ।
यस्तै पुरुष तर्फको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा पहिलो सेट हारेको तनहुँले दोस्रो सेटमा लय समात्दै अघि बढ्यो । म्याग्दीले पहिलो सेटमा तनहुँलाई २५–२३ ले जितेको थियो । दोस्रो र तेस्रो सेट तनहुँले २५–१७ र २५–२० ले जित हात पार्दै स्याङ्जालाई दबाबमा पारेको थियो । दबाबमा रहेको स्याङ्जाले चौंथो सेट २५–१३ को सहज जित निकालेको थियो । निकै रोमाञ्चक बनेको खेलको अन्तिम तथा पाँचौ सेटमा तनहुँले १५–१० को जित निकाल्दै च्याम्पीयन बन्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->