पोखरा, ८ फागुन–कोरोना भाइरसको कारण स्थगित गरिएको बिटिकपको १४ औँ संस्करण हुने भएको छ । बुद्ध टोल युवा क्लबको आयोजनामा १४ औँ संस्करणको विटि कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुन लागेको हो ।
पोखरा –१ टुडिँखेल खेल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक अमृत गुरुङले जानकारी दिए ।
फागुन १६ गते देखि हुने प्रतियोगिता २२ गते सम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ३२ हजार २ सय २२ रुपैँँया तथा उपविजेताले नगद ८२ हजार २ सय २२ रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेनडर,मिड फिल्डर र उच्च गोलकर्ताले समान ३–३ हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुसासित टिमले ७ हजार रुपैँया प्राप्त गर्नेछ । प्रतियोगिताबाट करिब १६ लाख आम्दानी तथा करिब २ लाख बचत हुने प्रतियोगिता संयोजक अमृत गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुमानित ४५ टिमको सहभागिता रहनेछ ।




