पोखरा, ८ फागुन–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङको आयोजनामा भएको प्रथम एमेचर फुटसल प्रतियोगिताको उपाधी फन्कि विन्सले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा टिम क्यु–२ लाई २–० गोल अन्तरले हराउँदै उपाधी हात पारेको हो ।
उपाधीसंगै फन्कि विन्सले नगद ४० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको क्यु–२ ले २० हजार रुपैँयाका साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एमभिपीका एलन गुरुङ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक प्रविन गुरुङ घोषित भए ।
प्रतियोगिताको प्रथम पुरस्कार तारा एफसीका अध्यक्ष सुवास गुरुङ र द्धितीय पुरस्कार मालेपाटनका बुद्ध गुरुङले (हाल हङकङ) प्रायोजन गरेका थिए ।




