पोखरा, १० फागुन–के.एन. स्पोर्टस प्रालिको आयोजनामा पोखरामा क्लब स्तरीय टी–२० क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । पोखरा रंगशाला स्थिति क्रिकेट मैदानमा आगामी फागुन १७ गते देखि २६ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका ८ टिमको सहभागिता रहने छ । सुपर जेनरल क्लब टी–२० क्रिकेट प्रतियोगितामा सुपर जेनरल पोखरा–११, चितवन क्रिकेट टिम, प्यालिगन्स तनहुँ, वाग्लुङ क्रिकेट क्लब, स्याङजा त्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, मिक्समाण्डु क्लब र स्टन एकेडेमी चितवनको सहभागिता रहने छ । सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितावारे जानकारी दिदैँ प्रतियोगिता संयोजक कमल थापाले विजेताले नगद ५० हजार रुपैँयाका साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । उपविजेताले भने नगद नपाउने उनले बताए । ‘उपविजेताले नगद पुरस्कार पाउने छैनन् । हामीले प्रथम पुरस्कारमा मात्र नगद राखेका छौँ ।’ उपविजेताले भने ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संगै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई आकर्षक पुरस्कारको व्यवस्था रहेको संयोजक थापाले जानकारी दिए ।




