बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिमालय माविको ४९ औ वार्षिकोत्सव

हिमालय माविको ४९ औ वार्षिकोत्सव


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १२ २०७७, बुधबार

पोखरा, १२ पोखरा– हिमालय मावि मौजाको ४९ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले उद्घाटन गरे । उनले विद्यालयका शिक्षकलाई नैतिक दवाव दिने खालको भुमिका अभिभावकले निभाउन सकेको खण्डमा विद्यार्थीहरुले नतिजा राम्रो ल्याउने बताए ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा कास्कीका प्रमुख लालप्रसाद पोख्रेलले शिक्षक र अभिभावक मिलेर नै विद्यार्थीलाई पढ्ने वातावरण तय गरिने भएकाले यसवारेमा अभिभावकले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
त्यस्तै विद्यालयका जग्गादाता समाजसेवी क्याप्टेन हिक्मत गुरुङले हिमालय माविबाट एसइइ उतीर्ण गर्ने उत्कृष्ट दुइजना छात्रछात्रालाई प्लस टु अध्ययनमा सघाउन दुई वर्षका लागि जनही २० हजार र स्कुलको जेहेन्दार विद्यार्थीलाई १० हजार रुपैया प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै विद्यालयका अक्षयकोषदाता खेमबहादुर गुरुङले मौजामा रहेको पुरानो विद्यालयको शैक्षिक स्तरउन्नतीका लागि मौजाबासी जहां भएतापनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै विद्यालय सल्लाहकार संयोजक समाजसेवी तिल ब गुरुङले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा अनुशासन मुख्य कुरा भएकाले यसको लागी अभिभावकले मुख्य भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अभिभावकहरु काशिराम गुरुङ , विजयलक्ष्मी गुरुङ, दुर्गा वहादुर गुरुङ , पूर्वशिक्षिका लक्ष्मी गुरुङ र शिक्षकहरु प्रेमबहादुर हमाल र ओम कुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
त्यसैगरी विद्यालयमा विभिन्न ब्याक्तिहरुद्धारा स्थापित अक्षयकोषहरु श्रवण स्मृति अक्षयकोष, अमर स्मृति अक्षयकोष, हस्तकुमारी स्मृति अक्षयकोष, चन्द्रमाया स्मृति अक्षयकोष, गणेश कमला स्मृति अक्षयकोष, सु. चनविर गुरुङ स्मृति अक्षयकोष, महेश्वर शर्मा पोख्रेल स्मृति अक्षयकोष, विरधन रुद्र स्मृति अक्षयकोष, टौसिरी गुरुङ स्मृति अक्षयकोष, मौजा विजयपुर समाज युकेबाट स्थापित हिमालय मावि इन्टरनेट अक्षयकोष, ले. नैनसिङ स्मृति अक्षयकोष र नन्दुराम सहयोग अक्षयकोषबाट ४० जना विद्यार्थीहरु पुरस्कृत तथा सम्मानित भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार हुम बहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->