शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फोनिज गाउँतिर, देश सुरुङमा पसेन : मन्त्री चुमान

फोनिज गाउँतिर, देश सुरुङमा पसेन : मन्त्री चुमान


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा, १३ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सर्वाेच्च अदालतले संविधानको मर्म बुझ्दै जनताको पक्षमा फैसला गरेकाले देश अध्याँरो सुरुङमा पस्नबाट बचेको बताएका छन् । उनले संसद विघटनको विषय र प्रतिगनमलाई प्रश्रय दिएर प्रधानमन्त्री केपी ओलीले देशलाई अध्यारो सुरुङतर्फ धकल्न लागेको आरोप पनि लगाए । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा बुधबार तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा बोल्दै थिए । उनले आउँदा दिन सूचना प्रविधिको भएकोले सूचना प्रविधिलाई आत्मसात गर्न पत्रकारलाई आग्रह पनि गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->