बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी कलेजले स्थलगत अवलोकनको रकम दिएन

गण्डकी कलेजले स्थलगत अवलोकनको रकम दिएन


  • विजय नेपाली
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा,१३ फागुन–पोखरा ९ पृथ्वीचोक स्थिति गण्डकी मेडिकल कलेज (जिएमसी) ले एम.वि.वि.एस चौथो वर्षका विद्यार्थीहरुको समुदाय स्थलगत अवलोक (कम्युनिटिफिल्ड भिजिट) का लागि पाउनुपर्ने रकम नपाएको भन्दै गुनासो गरेका छन् । गण्डकी कलेजमा अध्ययनरत एम.वि.वि.एस. चौथो वर्षका निद्यार्थीहरुको नियमित पाठ्यक्रम अन्तर्गत नै पर्ने कम्युनिटि फिल्ड भिजिट का लागि पाउनुपर्ने दैनिक खर्चको शुल्क कलेजले नदिएको भन्दै रकम नपाए आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
अध्ययनरत विद्यार्थीहरुले बिहिवार एक विज्ञप्ती जारी गर्दै शुक्रवार १० बजे सम्म छलफलमा नआएका आन्दोलन गर्ने बताएका हुन् । कम्युनिटि फिल्ड भिजिटको लागि पाउनुपर्ने दैनिक खर्चको शुल्क विद्यार्थीबाट कलेजले अग्रिम लिइसकेको छ । तर स्थलगत अवलोकन जाने समय नजिकिदैँ गर्दासमेत कलेजले चासो नदेखाएको र जिम्मेवार व्यक्तिहरु आफ्नो कर्तव्यबाट उम्किन खोजेको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थीहरुले पटक पटक कलेजलाई ताकेता गरेपनि कलेज सम्पर्कमा आउन नखोजेको विद्यार्थीहरुको आरोप छ । उक्त कलेजका विद्यार्थीहरु यस अघि समेत आन्दोलनमा होमिएको थिए । गण्डकी मेडिकल कलेज बारम्बार विवादमा आउने गरेपनि सरकारको ध्यान भने अझैँ जान सकिरहेको छैन् । कलेजले समेत विद्यार्थीहरुलाई बारम्बार दुख दिदैँ आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->