शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल प्रिक्वाटर समिकरण पुरा

स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल प्रिक्वाटर समिकरण पुरा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा, १३ फागुन–पोखरा–१० रंगशालाको भलिबल कोर्टमा जारी स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल खेल अन्तर्गत बिहिवार पुरुष तर्फ ६ तथा महिला तर्फ १ खेल सम्पन्न भएका छन्
युनाइटेड पोखरा क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष तर्फको पहिलो खेलमा विधान स्पोर्ट्स हाउसले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८ र २५–१९ ले हराएको छ । दोस्रो खेलमा गलकोट बाग्लुङले निरमाया दोहोरीलाई २५–१९ र २६–२४ ले हरायो । अर्को खेलमा क्याङदीले मिलन युवा क्लबलाई २५–९ र २५–१८ तथा शान्त भलिब प्रशिक्षण केन्द्रले मट्टिखानलाई २५–८ र २५–२८ को सेटमा हराएको छ । यस्तै कुमि भलिबल क्लबले बाग्लुङलाई २५–१४ र २५–१८ ले हराएको छ । भुप गाइजले भुर्जुङखोला लाई १७–२५,२५–२१ र २५–१९ ले हराएको हो ।
महिला तर्फ भएको खेलमा अर्चलबोटले राष्ट्रिय माविलाई २५–१६ र २५–१२ ले हराएको छ । प्रतियोगिता अन्तर्ग शुक्रवार क्वाटरफाइनल तथा सेमिफाइनलका खेलहरु हुने क्लबका अधयक्ष अनिल गुरुङले जानकारी दिए ।
फागन १५ गते सम्म चल्ने प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद ८० हजार रुपैँयाको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिला तर्फको विजेताले नगद २५ हजार रुपैँयाको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->