शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनोज गुरुङको चार गोलसंगै ब्रदरहुड फाइनलमा

मनोज गुरुङको चार गोलसंगै ब्रदरहुड फाइनलमा


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

पोखरा, १४ फागुन– पोखरा महानगरपालिका–१ टुडिखेलमा जारी दोस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड भेट्रान्स फुटबल नयाँ गल्लीकप प्रतियोगिताको फाइनलमा ब्रदरहुड भेट्रान्स र गार्डेन भेट्रान्स प्रवेश गरेका छन ।
इन्दे्रणी क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनोज गुरुङ चम्किदाँ ब्रदरहुड सहजै फाइनलमा प्रवेश गरेको छ । ब्रदरहुडले संगम एफसीलाई ५–१ को फराकिलो गोलअन्तरले हराउँदै उपाधी नजिक पुगेको हो । निकै उत्कृष्ट खेल देखाएको ब्रदरहुडका लागि मनोजले ४ गोल गरे यस्तै ब्रदरहुडका लागि दिपक क्षेत्रीले एक गोल गर्दा संगमका लागि हरी लामाले सान्त्वना एक गोल गरे ।
अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा गार्डेनले भ्यालीमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको छ । गार्डेनका सन्तोष कार्कीले निर्णयक गोल गर्दै फाइनलमा ब्रदरहुड संगको भेट पक्का गरेको हो । ( फाइल फोटो)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->