शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रुपा गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने

रुपा गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

पोखरा १४ फागुन– कास्कीको रुपमा गाउँपालिकाले चौथौँ स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय फुल तथा दुबोको माला प्रतियोगिता, बृहत रुपा गाउँपालिका स्तरीय झार्कीँ प्रदर्शन प्रतियोगिताको आयोजना गर्न लागेको हो । यस्तै पालिका भित्रका स्रष्टा तथा राष्ट्रिय स्तरको खेल खेल्ने राष्ट्रिय खेलाडीलाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान समेत गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
फागुन २३ देखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ८० तथा उपविजेताले नगद ६० हजार रुपैँयाको साथमा शिल्ड मेडल । प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतिय हुनेले ४० हजार तथा सान्त्वनाले ३० हजार रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर र लिब्रोले समान ३–३ हजार रुपौया प्राप्त गर्नेछन् । अनुशासित टिमलाई मायाको चिनो प्रदान गरिने छ । झाँकी प्रदर्सन तर्फ प्रथम हुने समुहले ३५ हजार, द्धितीयले २० तथा तृतियले १५ हजार रुपैँया प्राप्त गर्नेछन् । झाँकी प्रदर्सनमा झाँकी समुह कम्तीमा ३० जनाको हुनुपर्ने आयोजक पालिकाले जानकारी दिएको छ ।
यस्तै मौलिक कला र संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्यले यस वर्ष स्थानीय स्तरमै उत्पादन हुने विभिन्न प्रजातिका फुल तथा दुबोको माला प्रतियोगिता समेत आयोजना हुने भएको हो । प्रतियोगिताको प्रथम हुनेले ४ हजार, द्धितीय हुनेले ३ हजार र तृतीयले २ हजार रुपैँया प्राप्त गर्नेछन् ।
झाँकी प्रदर्सनीका लागि पालिकाले सम्पुर्ण जात जातीलाई अनिर्वाय सहभागि गराउने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->