पोखरा, १५ फागुन–टाइगर ग्रुपको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ ।
पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैँया आम्दानी भएको छ । प्रतियोगितामा ३५ लाख ११ हजार ७ सय ९४ रुपैँया खर्च भएको छ । प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैँया बचत भएको शनिवार आयव्यय सार्वजानिक गर्दै आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । यस्तै प्रतियोगिताको टिकटबाट १० लाख ५५ हजार आम्दानी भएको अध्यक्ष शर्माले जानकारी दिए ।




