पोखरा, १५ फागुन – १९ औँ सस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि ट्रफि तथा मेडल बेलायतबाट आउने भएको छ ।
बेलायतबाट सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता, अफसियल र अनुसासित टिमको ट्रफि तथा १० खेलका लागि म्यान अफ दि म्याच ट्रफि बेलायतबाट आउने सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
सहारा यूकेको सहयोगमा उक्त ट्रफी आउने थापाले बताए ।
विजेता तथा उपविजेता टोलीका लागि मेडल समेत वेलायतबाट ल्याइने भएको हो । ट्रफि तथा मेडल आकर्षक भएकाले ले उक्त ट्रफीको महत्व थप बढेको अध्यक्ष थापाले बताए ।
पोखरामा आगामी चैत्र १७ गतेदेखि २८ गतेसम्म १९ औं संस्करणको आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुनेछ ।




