पोखरा, १६– बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलको खेलमैदानमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको आइतवार देखि सुरुभएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विटि निलोले सहज जित निकालेको छ । विटिले नारायण गोपाल एजुकेशन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै सुखद् सुरुवात गरेको छ । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिकको योगदान दिए भने दिपक तामाङ र आटिया तामाङले समान १÷१ गोल गरे ।
दोस्रो खेलमा मयुर टाईन्म न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले हराएको छ । चाउथेको जीतमा कृष्ण गुरुङ र ईमोन छेत्रीले समान १÷१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।
त्यसैगरी आइतवारको अन्तिम खेलमा मिरुवा एफसीलाई फिटनेश ग्रुपले टाइब्रेकरमा ४–३ गोलले हरायो । निकैनै प्रतिस्पर्धात्मक खेलम २–२ गोलको बराबरीमा रोकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
क्लबका सल्लाहकार स्व. विरेन गुरुङको स्मृतिमा आयोजना गरिएको १४ औँ विटि तथा तेस्रो विरेन गुरुङ स्मृति फुटबल प्रतियोगिता २२ गते सम्म संचालन हुनेछ ।
प्रतियोगिताको विजेता नगद १ लाख ३२ हजार २ सय २२ रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ८२ हजार २ सय २२ रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।




