शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विरेन स्मृति बिटी कप जारी, बुधबार ८ खेल भए

विरेन स्मृति बिटी कप जारी, बुधबार ८ खेल भए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७७, मंगलबार

पोखरा, १८ फागुन – बुद्धटोल युवा क्लाको आयोजनामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप अन्तर्गत मंगलबार ८ खेल सम्पन्न भएका छन् ।
पोखराको पुरानो टुडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा एम–५ ले भिमकाली क्लबलाई २–१ गोलले हराउन सफल रह्यो । एम–५ को जीतमा मिलन थापा मगर र अस्विन गुरुङले गोल गरे । भिमकालीका लागि सन्देश भण्डारीले १ गोल गरे ।
दोस्रो खेलमा वि–१३ (एसवाईसी) ले बेगनास एफसीलाई १–० गोलले हराउँदै जित हात पा¥यो । एसवाईसीको जीतमा अजय श्रेष्ठले निर्णायक गोल गरे ।
तेस्रो खेलमा बेली वारले दीपलाई १–० ले नै हरायो । बेली वारको जीतमा सविन घलेले निर्णायक गोल गरे ।
चौथो खेलमा सिम्पानी एफसीले गुँरास भुमीलाई १–० ले हरायो । सिमपानीको जीतमा सुनिल तामाङले गोल गरे ।
मंगलावारको पाँचौ खेलमा ओटु बारले रामघाटलाई ४–२ गोल अन्तरले पाखा लगायो । ओटु बारको जीतमा सिङ्कमान तामाङले २ तथा सिद्धान्त गुरुङ र विनम गुरुङले समान १–१ गोलको योगदान दिए । रामघाटका लागि दुुवै गोल प्रदिप गुरुङले गरे ।
छैटौँ खेलमा बिन्सबिचले लालीगुँरास धम्पुसलाई टाइब्रेकरमा ३–२ गोलले हराउन सफल भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
सातौँ खेलमा विष्णु पादुका हेम्जाले र भ्याली स्पोर्टस् क्लबलाई टाइब्रेकरमा २–० ले हरायो । अत्यन्तै प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
मंगलवारको अन्तिम खेलमा एम–१२ ले कमलपोखरी लाई ६–० को फराकिलो गोल अन्तरले पाखा लगायो । एम–१२ को जीतमा अविनाश तामाङ र मनिस क्षेत्रीले समान २–२ गोल गरे । मनोज गुरुङ र आकाश थपलियाले समान १–१ गोल गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार देखि दास्रो चरणका खेल हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । बुधबार ८ खेल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->