शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बगर भेट्रान कप फागुन अन्तिम सातादेखि

बगर भेट्रान कप फागुन अन्तिम सातादेखि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७७, बुधबार

पोखरा, १९ फागुन–बगर भाइखलकको आयोजनामा चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ ।

पोखरा–१ टुडिँखेल मैदानमा हुने प्रतियोगितामा ४० वर्ष देखि ६५ वर्ष उमेर समुह पुगेका खेलाडीहरुले सहभागिता जनाउने छन् । २०६८ साल देखि प्रतियोगिता संचालन गर्दै आइरहेको बगर भाइखलकले खेल जिवनबाट विश्राम लिएका खेलाडीलाई खेलकुद प्रति अभिरुचि जिवन्त राख्नका लागि निरन्तर प्रतियोगिताको आयोजना गरिरहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपँया प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर र फरवार्डले समान ५–५ हजार रुपैँया प्राप्त गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुर्व राष्ट्रिय खेलाडी राजु शाक्य, किरण गुरुङ, इश्वर गुरुङ (चन्द्र) लगायत ४० नाघेका खेलाडी तथा कलाकार हरुको समेत सहभागिता रहने छ । प्रतियोगितामा पोखराका १० टिमको सहभागिता रहनेछ । यस्तै काठमाण्डौँबाट ११ टिम, हेटैँडाबाट ३, चितवनबाट २ तथा वालिङबाट १ टिमको सहभागिता रहने महासचिव गुरुङले जानकारी दिए ।

प्रतियोगिताका साथै बगर भाइखलकले यो वर्ष पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा पूर्व प्रशिक्षक खेमबहादुर गुरुङलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने भएको छ ।

प्रतियोगिता संचालन गर्न १५ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ भने १६ लाख ५० हजार रुपैँया आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->