पोखरा,१८ फागुन–भूतपूर्व खेलाडी मञ्चले पोखरालाई पोखरेली मञ्च युकेले नगद ५ लाख ३० हजार रुपैँया सहयोग गरेको छ । १५ औँ सफल पोखरा म्याराथन सफल पार्न युकेले आर्थिक सहयोग गरेको हो । मञ्चले फागुन २२ गते महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौडको समेत आयोजना गर्दै छ । पोखरा रंगशालामा हुने दौड प्रतियोगितामा ह्विलचियर तर्फ १५ जनाले सहभागिता जनाइ सकेका छन् । देष्टिविहिन तर्फ भने १२ जना महिला र ३३ जना पुरुषले सहभागिता जनाएका छन् । कोभिड–१९ को महामारीको कारण १५ औँ पोखरा म्याराथन फागुन १ गते सम्पन्न गरिएपनि अन्य दौड प्रतियोगितालाई भने छुट्टाछुट्टै गरिदैँ छ । प्रतियोगिताको महिला तथा पुरुष दुवै तर्फका विजेताले समान ७–७ हजार, दोस्रो हुनेले ५–५ तथा तेस्रो हुनेले ३–३ हजार रुपैँया प्राप्त गर्नेछन् । मञ्चले चैत्र १४ गते १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता गर्दै छ । उक्त दौडको प्रथम हुने महिला तथा पुरुष दुवैले समान १५–१५ हजार रुपैँया प्राप्त गर्नेछन् । दोस्रोहुनेले १०–१० तथा तेस्रोले ५–५ हजार रुपैँया प्राप्त गर्नेछन् । बैशाख ४ गते छात्र÷छात्रा ५ कि.मी दौड गर्ने छन जस्को विजेताले १०–१० हजार दोस्रो हुनेले ७–७ तथा तेस्रोले ४–४ हजार रुपैँया पाउने छन् । यस्तै ४ गते नै रनफर फनसंगै १५ औँ सफल म्याराथनको समापन गरिने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।




