मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

चुनावको चटारो : पूर्वसहमतिमा युनियनको जोड

चुनावको चटारो : पूर्वसहमतिमा युनियनको जोड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

बागलुङ, २० फागुन– पत्रकार महासंघको निर्वाचनलाई लिएर बिभिन्न संगठनहरुले आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् । पत्रकारहरुको सझा संगठन पत्रकार महासंघमा नेतृत्वका लागि दल निकट पत्रकारहरुका संगठनहरुको भेला, बैठक र छलफलहरु सुरु भएका हुन् । नेपाल प्रेस युनियन बागलुङले आसन्न पत्रकार महासंघ बागलुङको अधिवेशनलाई लिएर बिहिबार आफ्नो धारणा सार्वजनिक गरेको छ । युनियनको बिहीबार बसेको बैठकले विगतको भएको सहमति अनुसार प्रेस युनियनको नेतृत्वमा सर्वसम्मत महासंघको आगामी नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताए । ‘अघिल्लो पटक पत्रकार महासंघको नेतृत्व चयन गर्दा हामीले एउटा सहमति गरेका छौं,’ पन्तले भने ‘त्यही सहमति अनुसार अबको पालो प्रेस युनियनबाट महासंघको नेतृत्व गर्ने भन्ने छ । हामीले पूर्व सहमतिको आधारमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्न सबै पत्रकार सम्बद्ध पेशागत संघ संगठनलाई आह्वान गरेका छौं ।’
महासंघलाई सर्वसम्मत बनाउनका लागि युनियनले अन्य संघ संगठनहरुसंग छलफल अगाडि बढाउने समेत निर्णय गरेको छ । एलायन्स र बहुमतको नाममा कुनै पनि संगठनलाई निशेध गर्ने अवस्था आउन नदिन युनियनले आग्रह समेत गरेको छ । युनियनको बैठकले प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष दुर्गादत्त आचार्यको असामयिक दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->