शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७७, शुक्रबार

काठमाण्डौ, २१ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
सिंहदरबामा शुक्रबार बसेको प्रचण्ड(नेपाल पक्षको संसदीय दलको बैठकले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर सो पदमा प्रचण्डलाई चनय गरेको हो ।
सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवतरुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिए ।
बैठकअघि प्रचण्ड(नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो । संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड(नेपाल समुहले दावी समेत गरेको छ । सांसद सोमप्रसाद पाण्डेले आफ्नो पक्षमा १ सय १४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->