शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेश यु–१३ का ३० खेलाडी छनौट

गण्डकी प्रदेश यु–१३ का ३० खेलाडी छनौट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

पोखरा, २४ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले गण्डकी प्रदेशमा १३ वर्ष मुनिका ३० खेलाडी छनोट गरेको छ भने ५ जनालाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको छ । आगामी २०७८ सालदेखि क्लबहरुसंग सहकार्य गर्दै एकेडेमी संचालन गर्नका लागि प्रदेश स्तरीय खेलाडी छनोट गरिएको हो । छनोटमा गण्डकी प्रदेशका ११ जिल्लाकै खेलाडीको सहभागिता भएको गण्डकी प्रदेश फुटबल संघका प्रवक्ता रमेश कार्कीले जानकारी दिए । छनोटका लागि ११ जिल्लाका १ सय ७० जना खेलाडीको सहभागि रहेको थियो । एन्फाका केन्द्रिबाट प्रतिनिधिको रुपमा हरी खड्का, कृष्ण थापाको सहभागिता रहेको थियो भने प्रत्येक जिल्लाका फुटबल प्रशिक्षकको समेत सहभागिता रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।
छनोट हुनेमा कास्कीबाट मानस थकाली, मिजश श्रेष्ठ, निश्चल मगर,मिजाश केसी,देव जलहारी,अनमोल गुरुङ, विनोद गिरी, सुभाग सुवेदी र प्रज्वल गुरुङ रहेका छन् । यस्तै नवलपुरबाट आयुष वि.क, मानबहादुर तामाङ, राजन शाहि, सोहिल गुरुङ । लम्जुङबाट विदान गुरुङ, दिपेश गुरुङ, किसमत गुरुङ र एलोन गुरुङ । गोर्खाबाट प्रितम गुरुङ, स्याङ्जाबाट अफरोज अलि, संजय गुरुङ, किसान थापा, शरण एस.के र गोलरक्षक विवश वि.क । मनाङबाट सचिन गुरुङ, पर्वतबाट विरेन्द्र मल्ल, संजोक श्रेष्ठ र दिप्सन परियार तथा बागलुङबाट निशान मगर र बरदान थापामगर छनोट भएका हुन । यस्तै वैकल्पिक खेलाडीको नाम भने आउन बाकिँ रहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->