बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मर्दीखोलाको विद्यालयलाई सहयोग

मर्दीखोलाको विद्यालयलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

पोखरा, २५ फागुन– मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरिएको हो ।
प्रतिष्ठानले कास्की माछापुच्छ«े गाउँपालिका ५ स्थित निष्पक्ष माविलाई ९० हजार बराबर रुपैयाँको विज्ञान सामग्री, पुरञ्चौरको विन्देश्वरी माविलाई ४० हजार रुपैयाँ बराबरको पुस्तक, धम्पुसको उदय माविलाई २० हजार रुपैयाँ बराबरको पुस्तक,धम्पुसको पृथ्वीनारायण मावि, भुजुङखोलाको माछापुच्छ«े मावि र हेम्जाको विष्णुपादुका माविलाई १०÷१० हजार रुपैयाँ बराबरको पुस्तक वितरण गरेको छ ।
वार्षिकोत्सव अवसरमा प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ विद्यार्थीलाई प्रतिष्ठानले १० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->