पोखरा, २६ फागुन– युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा आहा रारा गोल्डकपको लागि आर्थिक सहयोग गरेका छन् ।

राजेन्द्रका छोरा रेगन गुरुङ १० औ वर्षको अवसरमा सहारा एकेडेमीमा मनाउँदै आहा गोल्डकपका लागि नगद ३० हजार रुपैँया सहयोग गरेका हुन ।
खेलकुद प्रेमी गुरुङले निरन्तर सहारा क्लब पोखरा एवम् एकेडेमीलाई सहयोग गर्दै आइरहेका छन् । संगम क्लबका एडभाइजर, एलजी एशोसिएसनका सल्लाहकार एवम् सामाजिक व्यक्ति गुरुङले आफ्ना दाई तुलसी गुरुङका छोरा प्रशान्त गुरुङ मार्फत सहारा एकेडेमीमा छोराको जन्मोत्सव मनाएका हुन् । सहारा एकेडेमीमा रहेका बालबालिका संग केट काटि संगै खाना खाएर जन्मोत्सव मनाइएको थियो ।
लालिगुराँस निवासी गुरुङ सहारा क्लबमा हुँदा कामको शिलशिलामा युके मै बसोबास गर्न पुगेका थिए । बिक्रम गुरुङको समन्वयमा एकेडेमीमा जन्मोत्सव मनाइ आहा रारा गोल्डकपका लागि आर्थिक सहयोग गरेका हुन । यस्तै पोखरा १० रामबजारका विकी गुरुङ (हाल हङकङ) ले जन्मदिनको अवसरमा सहारा एकेडेमी अक्षय कोषमा १५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेका छन् ।




