मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

माओवादीले खोल्यो पार्टी कार्यालय

माओवादीले खोल्यो पार्टी कार्यालय


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

बागलुङ, २७ फागनु– तीन वर्षअघिको अबस्थामा पुगेपछि बागलुङमा नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ ।
तत्कालिन कार्यालय बन्द गरेर नेकपाको कार्यालय बनेको थियो । संसद बिघटनको घटनापछि दुइ खेमामा बिभाजित भएपनि नेकपाको दाहाल नेपाल समूहले कार्यालय संचालन गरेकोले ओली समूहले बाहिरबाट काम गरिरहेको थियो ।
सर्बोच्चको फैसलापछि एमाले र माओवादी पार्टीनै व्युतिएपछि माओवादीले छुट्टै कार्यालय खोलेको हो । एमालेले भने साबिकको नेकपा कर्यालयमै काम गरिरहेको छ । माओवादीले कृषि बिकास बैंक चोकमा कार्यालय स्थापना गरेको हो ।
‘औपचारिक रुपमा कार्यक्रम गरिएको छैन, अनौपचारिक रुपमा कार्यालय खोलियो’ केन्द्रका सेक्रेटरी ज्ञामनाथ गैरेले भने, ‘साथीहरु बसेर छलफल गर्ने काम भने आजैबाट सुरु भयो ।’ औपचारिक कार्यक्रममार्फत कार्यालय खोल्ने योजना भने केहीपछि हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->