मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महिलालाई लोकसेवा तयारी कक्षा

महिलालाई लोकसेवा तयारी कक्षा


  • दिलीप बुढाथोकी
  • फाल्गुन २८ २०७७, शुक्रबार

बागलुङ, २८ फागुन– सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
महिलालाई राज्यको अंगमा समान रुपमा पु¥याउने लक्षले बागलुङका दशवटै पालिकाबाट ३५ महिलालाई तालिम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो ।
आर्थिक रुपमा विपन्न, सामाजिक रुपमा पछि परेका, दलीत र जनजाती महिलालाई यो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । तालिमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको हो ।
यस्तो प्रकारको तालिमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना बिश्वकर्माले बताइन् । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा पास गर्ने पनि उनले विश्वास गरिन् ।
‘परीक्षाको तयारी, कक्षा र लेख्ने पद्दतीबारे हामीले तालिममा सिक्ने छौं’ उनले भनिन्, ‘परीक्षाको प्रक्रिया नबुझेकोले यसअघि सहभागि पनि बन्न सकेका थिएनौं ।’ उनी जस्तै सहभागिले पहिलोपटक निशुल्क र लक्षित समुदायमा पुगेको तालिमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले २ लाख ८० हजार बजेट बिनियोजन गरेपछि तालिम संचालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । यसअघि छिटफुट रुपमा संघसंस्था र ट्युसन सेन्टरले चलाएको तालिम औपचारिक रुपमा सरकारी निकायबाटै थालिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->