बागलुङ, १ चैत– नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले काठेखोला गाउँपालिका–८ लेखानीमा पनि संगठन बिस्तार गरेको छ ।
शनिवार भएको भेलाले मदन श्रीषको अध्यक्षतामा तरुणदल गठन गरेको हो । समितिको उपाध्यक्षमा मनिष पुन, योगनाथ कंडेल, सचिवमा मुकेश छन्त्याल, कोषाध्यक्षमा रन बहादुर काउचा र सह–सचिवमा राजकुमार विक रहेका छन ।
जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुसहितका कार्यकर्ताले प्रशिक्षणसहितको कार्यक्रम गरेर समिति गठन गरेका थिए । शर्माले तरुण युवाहरुलाई संगठनप्रति उत्तरदायी र नेतृत्व विकास गराउने अभियान थालिएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका क्षेत्रीय सदस्य प्रमानन्द कंडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा, नेपाली काँग्रेस काठेखोला गाउँपालिकाका संयोजक ज्ञामनाथ कंडेल, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ तरुणदल काठेखोलाका अध्यक्ष हरि सापकोटा, काठेखोला गाउँपालिका–७ का वडा सदस्य काशीराम कंडेल, लेखानीका कार्यबहाक सभापति मोमबहादुर रोका, वडा सदस्य तुलसा श्रीष, काँग्रेस लेखानीका सचिव रुद्र श्रीष र मदन श्रीषले बोलेका थिए ।
कार्यक्रम तरुणदल लेखानीका सभापति हरिलाल कंडेलको अध्यक्षता, तरुणदल काठेखोलाका सदस्य हर्क श्रीषको स्वागत र सचिव गणेश नेपालीको संचालनमा सम्पन्न भएको थियो ।





