पोखरा, ३ चैत– भूतपूर्व विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् ।
मञ्चको उपाध्यक्षमा विकासप्रसाद कंडेल, सचिवमा श्रीराम कंडेल, कोषाध्यक्षमा सुशिला अधिकारी सिग्देल र प्रबक्तामा कृष्णराज आचार्य चयन भएका छन । त्यस्तै सन्तोष अधिकारी, अनिल सुवेदी, अर्जुन पौडेल, केशवराज तिवारी, गोमा तिवारी सोती र शोभा कंडेललाई सदस्यमा चयन गरिएको छ । पहिलो अधिवेशनको पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा प्राध्यापक विश्वराज अधिकारी ,पोखरा महानगरपालिका ३१ का वडासदस्य पूर्णाखर पाण्डे, नेपाली कांग्रेसका ध्रुवराज अधिकारी, नेकपा माओवादी केन्द्रका कृष्ण तिमिल्सिना, राप्रपाका प्रकाश सापकोटा, भूपूविद्यार्थी मञ्च आनन्द ज्योतिका कोषाध्यक्ष सुशिला सिग्देल, बेगनास विकास मञ्च पोखराका अध्यक्ष शुक्रराज कंडेललगायतले बोलेका थिए ।





