शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘इण्डो–नेपाल टी–२०कप’ सुरु

‘इण्डो–नेपाल टी–२०कप’ सुरु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ३ २०७७, मंगलबार

पोखरा, ३ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आइतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा आयोजित प्रतियोगितामा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको एकलव्य क्रिकेट एकेडेमीले १९६ रनको बनायो ।
१९८ रनको लक्ष्य पछ्याएको चन्द्र क्रिकेट एकेडेमी भ ११७ रनमै समेटिन पुग्दा एकलव्यको जीत पक्का भयो । कन्चन आभुषणको मुख्य प्रायोजनमा आयोजित कन्चन क्यापिटल कपको आइतबार पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले भारतको अम्बिका क्रिकेट एकेडेमीलाई ७७ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले विपिन खत्रीको शतकीय पारीमा २०० रनको विशाल योगफल तयार पा¥यो । २०१ रनको लक्ष्य पछ्याएको अम्बिका क्रिकेट एकेडेमी(भारत) १२३ रनमा समेटिएको थियो । प्रतियोगिता तीनदिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->