शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पौडेलको आरोप : सभापतिज्यूको मौनता रहस्यपूर्ण छ

पौडेलको आरोप : सभापतिज्यूको मौनता रहस्यपूर्ण छ


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ४ २०७७, बुधबार

पोखरा, ४ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा गरेको एक कार्यक्रमा पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापतिको उदासिनता रहेको बताएका हुन् ।
‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ,’ पौडेलले भने, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई रहस्यमय लागिरहेको छ ।’ उनले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा कांग्रेसले चाँडै ठोस निर्णय गरेर अन्त्य गर्नुपर्ने धारणा राखे ।
योबेला कांग्रेस ठोस निर्णय र मौन बसे राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका नदेखिने सुनाउँदै नेता पौडेलले भने, ‘अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन, दायित्व पूरा गरेको ठहर्दैन । यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन ।’
नेता पौडेलले आफूले सभापति देउवालाई फोन गरेरै ओलीइतर पक्षसँग गठबन्धन गरेर सरकार ढाल्न आग्रह गरेको तर, त्यो काम अहिलेसम्म सुरु हुन नसकेको बताए । उनले जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री ओलीले दिएको आश्वासन आफूहरुले पूरा गर्न सक्ने गरी गठबन्धन गर्न देउवालाई आग्रह गरेको सुनाए ।
‘सभापतिज्यूलाई फोन गरेर जनता समाजवादी पार्टीका नेताहरुलाई केपी ओलीले दिएको आश्वासन हामी पनि गर्छौं भनिदिऔं र उनीहरुलाई साथमा ल्याऔं, माओवादी केन्द्रलाई पनि साथ लिएर सरकार ढालौं भनेको हुँ,’ पौडेलले भने ‘तर, अहिलेसम्म यो कुरा अघि बढेको छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->