पोखरा, ४ चैत– विवेकशील साझा पार्टी गण्डकी प्रदेशले पोखरामा कास्की जिल्ला र पोखरा महानगरको कार्यसमिति समायोजन गरेको छ । समायोजनपछि कास्कीको समायोजित कार्यसमितिको संयोजकमा फणिन्द्र अधिकारी र सहसंयोजकमा जयन्ती मोक्तान चयन भएकी छन् । संयोजक अधिकारी यसअघि पार्टीका जिल्ला कार्यसमिति सदस्य तथा प्रशिक्षण विभाग प्रमुख हुन् भने सहसंयोजक मोक्तान युथ कम्युनिटी क्लबकी उपाध्यक्ष तथा सामाजिक संस्थामा अगुवाइ गरेकी युवा उद्यमी हुन् ।
समायोजनसँगै विवेकशील साझा पार्टीको कास्की जिल्ला समिति १७ सदस्यीय बनेको छ । सदस्यहरूमा दीलिप न्यौपाने, डा. कृष्ण पोखरेल, फडिन्द्रमोहन कँडेल, विश्व पौडेल, तिलक खत्री, डुण्डीराज ज्ञवाली, रामबहादुर थापा, कल्पना आचार्य, चन्द्रज्योति ढुंगाना, सोमनाथ ढुंगाना, पदम निरौला, सिताराम लामा, अशोक लामा, राज पौडेल, र ईश्वर चालिसे रहेका छन् ।
सो भेलाले पोखरा महानगर समिति पनि घोषणा गरेको छ । पोखरा महानगरको संयाजकमा युवा उद्यमी अजय श्रेष्ठलाई मनोनित गरेको छ । सदस्यहरूमा पुष्पा गुरुङ, सरोज भण्डारी, उर्मिला लामिछाने, राजकुमार लामा, मोहम्मद इफरान खान, विजय पौडेल, कृष्ण श्रेष्ठ, दिलीप त्रिपाठी, गोविन्द पौडेल, सूर्य पौडेल, अशिष बास्तोला, बुद्धिमान श्रेष्ठ र आनन्द लामिछाने रहेका छन् । गएको मंसिरमा दुई दलबीच एकिकरण भएको थियो ।





