शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७७, बुधबार

काठमाण्डौ, ४ चैत– नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूको पद खोसेपछि एमाले विभाजित भएको छ ।
ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->