शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कार्यकर्ता भेलामा माधवले भने : ‘वितण्डाका दोषी ओली हुन्’

कार्यकर्ता भेलामा माधवले भने : ‘वितण्डाका दोषी ओली हुन्’


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७७, बुधबार

काठमाण्डौ, ४ चैत– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र देखिएको सबै वितण्डाको मुख्य दोषी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आफू निकट राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले त्यसका लागि प्रमाण चाहिए एक भारी प्रस्तुत गर्न सकिने बताए । ‘अहिले पार्टीभित्र जेजस्तो परिस्थिती निर्माण भएको छ, सबै वितण्डाको मुख्य दोषी, मुख्य जिम्मेबार केपी ओली नै हुन्’ नेता नेपालले भने, ‘त्यसका लागि तथ्य प्रमाण चाहिन्छ भने एक भारी छन् ।’
पहिलेका प्रमाण चाहिए पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपानेले बताउन सक्ने उनको भनाइ थियो। ओलीले पूर्वाग्रह राखेर पार्टीमा गुटको सुरुवात गरेको आरोप लगाए ।
‘गुटको सुरुवात उहाँले गरेको हो मदन भण्डारी फाउण्डेशनको नामबाट’, अगुवा कार्यकर्ताप्रति लक्षित गर्दै नेपालले भने, ‘त्यो तपाईहरुले पनि जिल्लामा भोग्नुभएको छ, तपाइँहरु पनि पीडित हुनुहुन्छ, हामी पनि पीडित, त्यसैले पीडित–पीडित एकैठाउँमा आएकाले यो एकता अटुट रहन्छ। केपी ओलीमा भएको अहंकार, गुटगत प्रवृत्ति, भजन मण्डलीबाट मुक्त नभएसम्म पार्टी चलायमान हुन नसक्ने उनको दाबी छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->