शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पार्टी एकता जोगाउदै विधिका पक्षमा संघर्ष गर्ने खनाल-नेपालको उद्घोष (प्रतिवेदनसहित)

पार्टी एकता जोगाउदै विधिका पक्षमा संघर्ष गर्ने खनाल-नेपालको उद्घोष (प्रतिवेदनसहित)

‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयक प्रतिवेदन पेश


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७७, बुधबार

काठमाडौं, ४ चैत – नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका कारण संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्यमा खतरा आएको वताएको छ । बुधबार सानेपामा सुरु भएको दुई दिने अगुवा कार्यकर्ता भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यस्तो खतरा रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध वनाउदै वृहत कम्युनिष्ट एकताका लागि त्यस्तो प्रवृतिको विरोधमा जुट्नुपर्नेमा जोड दिएको छ ।
एमालेको खनाल–माधव पक्षले २०७५ जेठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना, विधि विधानको पुनर्स्थापना र विकास, नवौं महाधिवेशनको कार्यदिशाको स्थापनालाई आफ्नो आगामी काम तथा नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षासँग जोडेको छ ।
पार्टीका बरिष्ठ नेता माधव नेपालद्धारा प्रस्तुत प्रतिवेदनमाथि भेलामा सहभागी नेता र कार्यकर्ताहरू १० वटा समूहमा विभाजन भएर छलफलमा जुटेका छन् ।
ती समूहको सुझावलाई एकिकृत गरी भोलिको बैठकमा पेश गर्ने र ती सुझावको आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने गण्डकीका समुह नेता श्रीमाया थकालीले वताईन । भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयक ९ पृष्ठको प्रतिवेदन पेश गरिएको छ ।
हेर्नुस भेलामा प्रस्तुत प्रतिवेदनको पूर्ण पाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->