पोखरा, ६ चैत– पोखरा रंगशालामा चौथो संस्करणको पोखरा विश्वविद्यालय क्रिकेट लिग हुने भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा क्रिकेट मैदानमा ८ प्mेन्चाइज टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार प्रतियोगिताबारे जानकारी दिँदै पोखरा विश्वविद्यालय क्रिकेट क्लबका अध्यक्ष प्रकाश खनालले टिम अक्सन फागुनमा सम्पन्न भइसकेको जानकारी दिए । अक्सनमार्फत् ११ जना राष्ट्रिय खेलाडीहरु विभिन्न ८ टिमले आबद्ध गरिसकेका छन् । प्रतियोगितामा प्रतियोगितामा ३ जना कुनैपनि स्तरका खेलाडी, १ जना राष्ट्रिय खेलाडी र १ कास्की जिल्ला स्तरीय यु २३ का खेलाडी राख्न सकिने खनालले जानकारी दिए ।
प्रतियोगितामा गोर्खाली ब्लास्ट्र्स, पियु राइनोज, स्टेल्थ सिक्सर,मिथिलाञ्चल वारियर्स, फरेष्टि टाइगर्स, पियु रेड वारियर्स, अन्नपूर्ण किंग ११ र गण्डकी स्टिकर्स सहभागि हुनेछन् । यस्तै राष्ट्रिय खेलाडी अविनास वोहोरा, विक्रम सोव, कुशल मल्ल, विपिन खत्री, इशान पाण्डे, अमृत गुरुङ, हरिशंकर शाह, खडक बोहोरा, कमल सिंह ऐरी, कृष्ण कार्की र विपिन रावलको सहभागि हुनेछन् । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ७० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान आफ दी सिरीजले ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्स म्यान र उत्कृष्ट बलरले समान २ हजार ५ सय रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता चैतको ९ गते देखि १७ गतेसम्म संचालन हुने अध्यक्ष खनालले जानका




