शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आहा ! रारा गोल्ड कपको फुड डेलीभरी पाट्नरमा फुडमाण्डुको साथ

आहा ! रारा गोल्ड कपको फुड डेलीभरी पाट्नरमा फुडमाण्डुको साथ


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

पोखरा, ६ चैत– १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई फुडमाण्डुले समेत साथ दिने भएको छ । उक्त प्रतियोगिताको अफिसियल फुडडेलीभरी पाट्नरको रुपमा फुडमाण्डुले साथ दिने भएको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
यसैबिच, फुडमाण्डु र सहारा क्लव बिच आज (शुक्रबार) सम्झौता समेत भएको छ । फुडमाण्डुका विज्नेश डेभलपमेन्ट अफिसर बिष्णु कुमारी गुरुङ, रिजनल इन्चार्ज नेहा श्रेष्ठ र क्लवका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष विश्वराज बराल, पूर्व अध्यक्ष विक्रम थकाली लगायतका बिच सम्झौता पत्र एक आपसमा हस्तान्तरण भएको छ ।
पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->