बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकारले भन्यो : संक्रमण बढ्न सक्छ सभा जुलुस नगर्नु

सरकारले भन्यो : संक्रमण बढ्न सक्छ सभा जुलुस नगर्नु


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार

काठमाण्डौ, ८ चैत– सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, र्‍याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो । ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार,भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->