बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियानको शुरु

कास्कीका पत्रकार र परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियानको शुरु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ९ २०७७, सोमबार

पोखरा, ९ चैत –कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे । कास्कीमा आवद्ध ३ सय भन्दा बढि पत्रकारहरु यो बीमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
पत्रकार सहित उनका परिवारका ५ जना सदस्यको बीमा गरीने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने बताए । ‘प्रत्येक परिवारको बीमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ,’ उनले भने ‘त्यस भन्दा बढि सदस्य भएमा पत्रकार आफैले खर्च व्यहोनु पर्ने छ ।’
उनले स्वास्थ्य बीमाबाट बर्ष सम्म १ लाख सम्मको उपचार खर्च पाइने बताए । ५ जना भन्दा बढि भएमा प्रत्येक व्यक्तिको ७ सय थप लाग्ने उनले बताए । थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिकासगँको सहकार्यमा अभियान अगाडी बढाएको बताए । उनले चैत २० गते सम्म अभियान संचालन हुने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तीनका परिवारका सुुरक्षालाई ध्यान दिदै अभियानमा साथ दिएको बताए । उनले बीमा हाम्रो जीवन भने नाराका यो अभियानलाई सफल पार्ने बताए ।
स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्ला स्वास्थ्य बीमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिले सम्म ४ लाख ६६ हजार जनाले बीमा गरी सकेको बताए । उनले पत्रकार आफ्नो मात्र नभई आफ्नो परिवारलाई समेत स्वास्थ्य बीमामा सहभागि गराउन पाउदा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->