शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सर्वाधिक राशीको फुटसल प्रतियोगिता सुरु, पहिलो चरणका सम्पूर्ण खेल सकिए

सर्वाधिक राशीको फुटसल प्रतियोगिता सुरु, पहिलो चरणका सम्पूर्ण खेल सकिए


  • विजय नेपाली
  • चैत्र १० २०७७, मंगलबार

पोखरा, १० चैत– वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिता बुधवार देखि सुरु भएको छ । वार्जन प्रिजेन्टस् प्रथम खुल्ला फुटसल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा जारी प्रतियोगिताको उद्घाटन खेलमा दिप युनाइटेडले धोवीघाटलाई टाइब्रेकरमा ३–२ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
दोस्रो खेलमा हिमाल एण्ड रक्षा क्लबले कुमारी फुटसललाई ३–० ले हरायो । तेस्रो खेलमा स्पोट्र्स क्यासलले कोइराला युथ क्लब लम्जुङलाई ६–२ को फराकिलो गोल अन्तरले पाखा लगायो । अर्को खेलमा भ्याली स्पोट्र्सले वि.वाई.सी काठमाण्डौँलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।
लेकसाइडले मयुर टाइम्सलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । बिचको खेल
यस्तै सिता पाखाले डर्टि ग्याङ्गलाई २–१ गोलले हरायो । प्रिज्माटिभले धोवीघाट ए लाई ३–२ ले हरायो । अर्को खेलमा विटी क्लबले स्वस्तिक नेपाललाई ६–२ गोलले हरायो । प्रतियोगिताको नवौ खेलमा शंखमुलले एनवाईसी रत्नचोकलाई ६–० को फराकिलो गोलले पाखा लगायो ।
पहिलो चरणको अन्तिम खेलमा ढुकु फुटसल हव काठमाण्डौँले संगम क्लब पोखरालाई ६–२ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीले समान १०–१० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->