बागलुङ, ११ चैत– बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ । एक जना युवा घाईते भएका छन् । जिल्लाको बडिगाड गाउ“पालिका ८ मा मंगलवार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका ९ बर्षिय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवारै गलकोट नगरपालिका वडा नं. ६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाण्डौबाट आएर यात्री झारेपछि फर्काउने क्रममा सडकबाट २० मीटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गलकोट नगरपालिका वडा नं. ६ का नितु बस्नेतका ७ बर्षिय छोरा निकेश बस्नेत रहेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए । मंगलवारै बडिगाड गाउ“पालिका वडा नं. ४ मा बा २० प २८८० नम्बरको पिकअप सडकदेखि ६० मीटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएकाछन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।





