शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वार्जन प्रिजेन्ट फुटसलको उपाधी टिम डुङ्गालाई

वार्जन प्रिजेन्ट फुटसलको उपाधी टिम डुङ्गालाई


  • विजय नेपाली
  • चैत्र १२ २०७७, बिहिबार

पोखरा,१२ चैत–पोखराको स्पोटर्स क्यासलमा जारी प्रथम वार्जन प्रिजेन्टस फुटसलको उपाधी टिम डुङ्गाले हात पारेको छ । स्पोट्र्स क्यासल फुटसलमा भएको प्रतियोगितामा टिम डुङ्गाले ढुकु फुटसल हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
उपविजेता ढुकुले १ लाख ५० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी टिम डुङ्गाका गोलरक्षक अनिष श्रेष्ठ घोषित हुदैँ नगद २५ हजार रुपैँया प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकको उपाधी समेत उनलै हात पार्दै नगद १० हजार रुपैँया प्राप्त गरे । उनी फाइनल खेलको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको अनुसासित टिम स्पोट्र्स क्यासल घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी फन्कि बिन्सका अभिनाष तामाङ घोषित भए ।
यस अघि बिहिवार नै सम्पन्न सेमिफाइनल खेलमा टिम डुङ्गाले फन्कि बिन्सलाई टाइब्रेकरमै ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । उता ढुकु फुटसल हवले शंखमुललाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार शिलवाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->