शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल १० खेलाडीमा सिमित, किर्गिस्तानसंग बराबरीमा रोकियो

नेपाल १० खेलाडीमा सिमित, किर्गिस्तानसंग बराबरीमा रोकियो


  • विजय नेपाली
  • चैत्र १२ २०७७, बिहिबार

पोखरा, १२ चैत-१० खेलाडीमा सिमित किर्गिस्तान यु–२३ टोलीसंग नेपालले गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकको साथ पाएको घरेलु टोलीले गोल रहित बराबरी खेलेको हो ।
बराबरीसंगै बंगलादेश फाइनल प्रवेश गरेको छ । यस अघि भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो । जितसंगै बंगलादेशको १ खेलबाट ३ अंक रहेको छ । २ खेल खेलेको किर्गिस्तानको १ अंक रहेको छ । यस्तै पहिलो खेलमा नै बराबरीमा रोकिएको नेपालको १ खेलबाट १ अंक रहेको छ ।
बारम्बार अवसर पाएपनि नेपालले ६६ औ मिनेटबाट १० खेलाडीमा सिमित किर्गिस्तालाई हराउन भने सकेन । ६६औं मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामोलिदिन रातो कार्ड पाउँदै बाहिरीए । उनले अभिषेक रिजाललाई लडाएपछि दोहोरो पहेलाँे कार्ड पाएका थिए । अब नेपालले शनिवार बंगलादेश विरुद्ध खेल्ने छ । सोहि खेलबाट नेपाल र किर्गिस्तानको फाइनल यात्रा निर्धारण हुनेछ ।
(तस्वीर:अखिल नेपाल फुटबल संघ )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->